जनकपुर, माघ १०

धनुषामा एक जनालाई विचौलियाको पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले दावी गरेको छ । पक्राउ पर्नेमा जनकपुरधाम उप–महानगरपालिका वडा नम्बर १६ स्थित कपिलेश्वरका ३९ वर्षिय दिपक ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रशासन कार्यालयमा काम गराउनका लागि विचौलियाको नाममा रहेका लेखनदासको अह्म भुमिका रहने गरेको छ ।

लेखनदासको सहयोग विना सेवाग्राहीको काम नै नहुने स्थलको रुपमा आफ्नो छवि बनाउन सफल रहेको जिल्ला प्रशासन कार्यालय धनुषाले एक जना सेवाग्रहीसँग तीन हजार रुपैयाँ लिएर काम गराइदिने भनेको आधारमा पक्राउ गरेको दावी गरेपछि पक्राउ परेको हो ।

प्रशासन कार्यालयमा नागरिकता, राहदानी (पासपोर्ट) बनाउन आउने सेवाग्राहीहरुलाई कर्मचारीहरुसंग मेरो चिनाजान छ भनि काम छिटो छरितो गराइदिन्छु भनि प्रति व्यक्ति २/३ हजार रुपैयाँको दरले माग गरी बिचौलियाको काम गरिरहेको छ भन्ने गोप्य सुचनाको अधारमा पक्राउ गरेको धनुषाका प्रवक्ता समेत रहेका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

पक्राउ परेका आरोपित ठाकुरले सेवाग्राहीसंग एक हजार पाँच सय रुपैयाँ लिदै गरेको अवस्थामा प्रशासन कार्यालयको गेट अगाडीबाट पक्राउ गरेको उनले बताए ।