जनकपुर, फागुन १७
नेपाली कांग्रेसका युवा नेता सोनू निधिले जन्मदिनको अवसरमा जनकपुरधामस्थित जानकी वृद्धा आश्रममा खाद्यान्न तथा फलफूल हस्तान्तरण गरेका छन् ।
सामाजिक कार्यमा समेत क्रियाशील रहेका सोनूले जन्मदिनको अवसर पारेर वृद्धा आश्रममा रहने गरेकी आमालाई खाद्यान्न सामग्री र केही नगद रकम हस्तान्तरण गरेका हुन् ।
जन्मदिनको अवसर पारेर गर्ने गरेको सहयोगले मनमा सन्तुष्टी प्राप्त हुने गरेको यूवा नेता सोनूले जानकारी दिए ।
उनले आफ्नो व्यक्तिगत तर्फबाट हुनेजति सहयोग जहिल्यै पनि गरिरहने वृद्धा आश्रममा प्रतिबद्धतासमेत व्यक्त गरे ।
खाद्यान्न सामग्री ग्रहण गर्दै वृद्धाआश्रमकी आमाहरूले सोनूलाई आर्शिवाद पनि दिइन् ।



