जनकपुर, फागुन २१

धनुषामा गएराति ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किदा दुईको मृत्यु भएको छ ।

धनुषाको लक्ष्मीनियाँ गाउँपालिकामा शनिबार राति ९ बजेको समयमा सडकमा गुडिरहेको ज १ त ५२४५ नम्बरको ट्याक्टरमा ज १० प ६४२९ नम्बरको मोटरसाइकल ठोक्किंदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

मृत्यु हुनेमा लक्ष्मीनियाँ गाउँपालिका वडा नम्बर ४ का मोटरसाइकल चालक ४५ वर्षीय रामएकबाल ठाकुर र मोटरसाइकलमा सवार रहेका सोही ठाउँ बस्ने ६० वर्षीय सत्तो साह सुडी रहेको धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले जनाएका छन् ।

गम्भीर घाइते अवस्थाका उनीहरूलाई उपचारका लागि प्रादेशिक अस्पतालमै दुबैजनाको उपचारको क्रममा मृत्यु भएको प्रवक्ता गौतमले बताए ।