वीरगञ्ज, चैत ५

आईसीसी क्रिकेट विश्वकप लिग टू मा नेपालको तर्फबाट उत्कृष्ट प्रदर्शन गरेका मध्ये दुई खेलाडीलाई वीरगञ्ज महानगरपालिकाले सम्मानसहित अभिनन्दन गर्ने भएको छ ।

नेपाल विश्वकप क्वालिफायरमा छनोट भएपछि पहिलो पटक गृहनगर वीरगञ्ज आएका नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीद्वय दाई आरिफ शेख र भाई आसिफ शेखलाई महानगरले सम्मान गरेको हो ।

वीरगञ्ज महानगरपालिकाको कार्यालयमा नगर प्रमुख राजेशमान सिंहले आरिफ र भाई आसिफलाई दोसल्ला ओढाएर स्वागत तथा सम्मानसमेत गरेका थिए । सो अवसरमा आरिफ र आसिफका बुबा शेख सलाम र स्थानीय प्रशिक्षक जाहुर अन्सारीलाई पनि सम्मान गरेको छ ।

नगरप्रमुख सिंहले नेपाललाई विश्वकप क्वालिफायरमा पु¥याउन विशेष भूमिका निर्वाह गरेकोमा उनीहरुको प्रशंसा गर्दै चैत १७ गते नागरिक अभिनन्दन गर्ने घोषणा गरेका हुन् । महानगरले यसअघि नै घोषणा गरेको पुरस्कार मोटरसाइकल पनि प्रदान गर्ने उनले बताए ।

गृह घरमै भएको सम्मानले आफूहरुको हौसला बुलन्द भएको प्रतिक्रिया खेलाडीहरुले दिए ।