खोजवाणी संवाददाता
जनकपुर, कार्तिक ८
जनकपुरधामबाट भारतीय किशोरीलाई पेस्तोलसहित धनुषा सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।
भारतको बिहार प्रान्त जिल्ला लखिसराई ग्रामपञ्चायत बडीपोखरी वडा नम्बर ९ बस्ने पप्पु सहनीकी छोरी करिब १६ वर्षिया पूजा कुमारी सहनीलाई सशस्त्र प्रहरीले पक्राउ गरेको जनाएको छ ।
मंगलबार साँझ जनकपुरधाम स्थित रेल्वे स्टेसन परिसरमा रहेको हनुमान मन्दिरबाट सशस्त्र प्रहरीले भारतीय फाइभ–जी सिम एक थान र चाँदी जस्तो देखिने मालाको लकेट एक थान ६० रुपैयाँसहित उनीबाट बरामद भएको सशस्त्र प्रहरी धनुषाले जनाएको छ ।
रेल्वे सुरक्षा बेस जनकपुरबाट खटिएको सशस्त्र प्रहरी टोलीले चेकजाँच गर्दा उनको साथबाट एक थान नलकटुवा पेस्तोल बरामद भएको गरेको हो ।



