खोजवाणी संवाददाता
जनकपुर, कार्तिक १०
हत्या गरी धान खेतमा फ्यालिएको अवस्थामा एक युवकको शवको पहिचान खुलेको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ स्थित बेलाको धान खेतमा फेला परेको शव जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २४ स्थित बसहिया बस्ने २५ वर्षिय रुपेश महराको रहेको धनुषा प्रहरीले जनाएको छ ।
उनको शव बिहीबार नै फेला परेको हो ।
मृतकको टाउको र मुख रत्तामम्य अवस्थामा अवस्थामा शव फेला परेकाले हत्या गरिएको हुन सक्ने धनुषा प्रहरीको अनुमान छ ।
उनको शवको पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।
यस घटनाको विषयमा थप अनुसन्धान भइरहेको धनुषा प्रहरीको भनाइ छ ।



