खोजवाणी संवाददाता
सिरहा, कार्तिक २०
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल केन्द्रीय स्कुल विभागको आयोजनामा एक नम्बर प्रदेश र मधेश प्रदेशका नेताहरुलाई संयूक्तरुपमा साताव्यापी प्रशिक्षण आजदेखि सुरु गरिएको छ ।
प्रदेश नम्बर एक र मधेश प्रदेशमा आवद्ध केन्द्रीय महाधिवेशन आयोजक समिति अन्तर्गत रहेका केन्द्रीय स्कुलिङ कार्यक्रम सिराहाको गोलबजारमा सात दिनसम्म चल्ने प्रशिक्षण कार्यक्रम सुरु भएको हो ।
पार्टी केन्द्रीय कार्यालय तथां केन्द्रीय स्कुल विभाग सदस्य सुदर्शनको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रममा पार्टीका केन्द्रीय कार्यालय सदस्यसमेत रहेका प्रशिक्षकहरु प्रतीक, एसटी, निर्मल र मधेश प्रदेशका संयोजक रमेशले स्कुलिङ कार्यक्रमको आवश्यकता र महत्वमाथि चर्चा गरिएको छ ।
कार्तिक १९ देखि २४ गतेसम्म सञ्चालन रहने छ भने केन्द्रीय स्कुलिङ कार्यक्रममा प्रतीक, सुदर्शन, एसटी, निर्मल, आमोद, खलिलले दर्शनशास्त्र, वैज्ञानिक समाजवाद र राजनीतिक अर्थशास्त्र सम्बन्धी विभिन्न विषयमा प्रशिक्षित गर्ने कार्यक्रम रहेको क्रान्तिकारी कम्युनिष्ट पार्टीले जनाएको छ ।



